काठमाण्डौ । कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३र८४ का लागि ४० अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

यो बजेट चालू आर्थिक वर्षको तुलनामा १२।७४ प्रतिशतले धेरै हो । बजेटमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ अर्थात् ३४.५५ प्रतिशत, पूँजीगततर्फ २० अर्ब ७५ करोड ११ लाख रुपैयाँ अर्थात् ५१.३२ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ अर्थात् ०.३७ प्रतिशत विनियोजन भएको छ ।

प्रदेश सरकारले बजेटमा कृषि, उत्पादन, पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *