काठमाण्डौ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो।

प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।

काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि गोली चलाउनुपरेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीका अनुसार, घाइतेहरूको पहिचान खुलाउने र घटनाको विस्तृत अनुसन्धान गर्ने कार्य भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *