काठमाण्डौ । निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।

उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईले बताए ।

उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू गृहमन्त्री सुधन गुरुङलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले रोकेको थियो ।

उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *