काठमाण्डौ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा  माइतीघरमा प्रदर्शन भएको छ ।

वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन् ।

सरकारले वैशाख महिनामा काठमाण्डौका नदी किनारका सुकुम्वासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो । अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानीसमेत दिन बन्द गरेपछि विरोध भइरहेको छ ।

यो विषय केही दिनदेखि संसदमा लगातार उठीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *