काठमाण्डौ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ ।
वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन् ।
सरकारले वैशाख महिनामा काठमाण्डौका नदी किनारका सुकुम्वासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो । अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानीसमेत दिन बन्द गरेपछि विरोध भइरहेको छ ।
यो विषय केही दिनदेखि संसदमा लगातार उठीरहेको छ ।
