काठमाण्डौ । काठमाण्डौको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा अपराह्न उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए ।

शनिबार बिहान करिब ६ः२० बजे उनले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर वीर अस्पताल पठाएको थियो ।

यसअघि, काठमाडौंकै त्रिपुरेश्वरमा बिहीबार ९असार २५० मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । उपचारका क्रममा शुक्रबार ९असार २६० उनको निधन भएको थियो ।

शुक्रबारै सर्लाहीमा अर्का एक पुरुषले आत्मदाहको प्रयास गरेका थिए । कीर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *