काठामाण्डौ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो ।

सोमबार ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आवको बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको छ । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ ।

मन्त्रिपरिषद् बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आव २०८२र८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *