सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को साढे ९ महिनासम्ममा २ लाख ८१ हजार टन रासायनिक मल आयात गरेको छ ।

सरकारले कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी मार्फत मल खरिद गर्दै आएको छ । चालु आव वैशाख तेस्रो सातासम्म २ लाख ८१ हजार २ सय ८२ टन मल आयात भएको हो ।

कृषि सामग्री र साल्ट ट्रेडिङले युरिया मल १ लाख ७४ हजार ४ सय ७४ टन आपूर्ति गरेका छन् । यस्तै दुवै कम्पनी गरी डीएपी ९१ हजार ५ सय ४२ टन र पोटास १५ हजार २ सय ६५ टन आएको हो ।

युरिया, डीएपी र पोटास गरी कृषि सामग्रीले २ लाख ४४ हजार ३ सय ७३ टन र साल्ट टे«डिङले ३६ हजार ९ सय ८ टन ल्याएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *