काठमाण्डौ । सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्वासीलाई दिँदै आएको खाना बन्द गरेको छ ।
सरकारले काठमाण्डौ उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो । यस्तै सरकारले लजमा राखेका सुकुम्वासीहरूलाई पनि सञ्चालकहरूले तत्काल लज छाड्न भनेका छन् ।
खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो । समितिले असार १९ गतेदेखि नै खान बन्द गर्न भनेकोका क्यान्टिन सञ्चालकहरूले हिजो वा आजसम्म खान दिएका छन् ।
सरकारले होल्डिङ सेन्टर छाडेर स्वव्यवस्थापन गर्नका लागि यसअघि शुरूमा असार १२ गतेसम्मको समय दिएको थियो । त्यसपछि १९ गतेसम्मका लागि समय थपेको थियो ।
सरकारले स्वव्यवस्थापनका लागि तत्काल २५ हजार रुपैयाँ र त्यसपछि ३ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले रकम दिने भनेको छ ।
अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बधवारसम्ममा खर्च बुझ्न भनेको छ । त्यसका लागि निवेदन दिने समय आज अन्तिम हो ।
