नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णय बारे जानकारी दिँदै भने, ‘यसपटकको पार्टी स्थापना दिवसमा विगत वर्षमा जस्तै कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्ने विशिष्ट व्यक्ति कम्युनिस्ट योद्धाको रूपमा सम्मान गर्ने निर्णय गरेका छौँ ।’

ज्ञवालीका अनुसार लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) लाई सम्मानित गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *