काठमाण्डौ । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर धान रोपाइँ गर्दै मनाइएको छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित सरकारले ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा मूल समारोह आयोजना गरेको थियो ।
जलवायु परिवर्तनका चुनौतीबिच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ दिवस मनाइएको कृषि विभागले जनाएको छ ।
दिवसका अवसरमा प्रविधिको प्रयोग गरेर रोपाई गरिएको थियो भने ड्रोनका माध्यमबाट मल छरिएको थियो ।
त्यसै गरि किसानहरुले बिहानै दहि चिउरा खाएर एक अर्कासँग खुशी साटेका छन् ।
