काठमाण्डौ । रास्वपाको बन्द सत्र सोमबारका लागि स्थगित भएको छ ।

महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको हो ।

रास्वपाका स्रोतका अनुसार, सोमबारका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउनेगरी तयारी गरिएको हो ।

बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *