काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरपालिका कार्यालय पुगेका छन्। उनलाई कर्मचारीहरूले नै पहरा दिएर कार्यकक्षसम्म पुर्याएका छन्।
कर्मचारीहरूले उनको कार्यकक्षमा लगाइएको ताला फुटाउन प्रयास गरेका थिए । त्यसक्रममा सीसा फुटेको छ। गुरागाईंलाई महानगरपालिकामा रोक्न मेयर बालेन्द्र शाहले महानगर प्रहरी परिचालन गरी अवरोध गरेका थिए।
उनले गुरागाईंको कार्यकक्षसमेत बन्द राख्न लगाएका थिए। हाजिर हुन महानगरपालिका पुगेका गुरागाईंलाई नगर प्रहरीले गेटमै अवरोध गर्न खोजेका थिए। तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन्। गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलबभत्ता लिन पाएका छैनन्। महानगरपालिकाको सेवा प्रभावित छ।