सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेखेपछि उनी वैशाख १७ मा पक्राउ परेका थिए ।
उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनेपछि रेशमलाई पक्राउने विष्ट आफैँ पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।