निलम्बित हुने प्रतिनिधि सभा सदस्यको संख्या ३ पुगेको छ । ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट निर्वाचित भएकामध्ये ३ जना सांसद निलम्बनको अवस्थामा रहन पुगेका हुन् ।
बिहीबार नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।
बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । अन्य २ जना सांसद यस अगाडि देखि नै निलम्बनमा रहेका छन् ।