रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।

लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार रवि पत्नी निकिता पौडेल आफैँ उपस्थित भएर रिट दर्ता गराएकी छन् ।

गत शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो ।

यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *