शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारी भइरहेको हो ।

यसैबिच लामिछानेका समर्थक सर्वोच्च पयिरसरमा भेला भएक छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैर कानूनी थुनामा राखिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *