सरकारले काठमाण्डौलगायतका ठूला शहरमा फाइभजी सेवा शुरू गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्‍मा आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको बजेट पेश गर्दै यस्तो बाएका हुन् ।

सरकारले देशभर फोरजी इन्टरनेटको सेवा विस्तार गर्ने पनि बजेट भाषणमा उल्लेख छ । त्यस्तै सूचना प्रविधि सेवाको निर्यात प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गर्ने, निजी क्षेत्रसँगको साझेदारीमा एआई सेन्टर स्थापना गर्नेलगायतका कार्यक्रम पनि सरकारले घोषणा गरेको छ ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *