राजावादी प्रदर्शनमा घुसपैठ भएको आरोपमा थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

योसँगै प्रहरी नियन्त्रणमा रहनको संख्या पाँच पुगेको छ । यसअघि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिलेसम्म जम्मा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

प्रहरी नियन्त्रणमा रहनेहरुमा डोटीको के. आई. सिंह गाउँपालिका–५ राणागाउँ घर भएका २१ वर्षीय पारस राणा, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ तीनघरे घर भएका २६ वर्षीय आशिष लामा, कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका १७ वर्षीय शिवराज जैसी, पर्वतको पैयुु गाउँपालिका–५ का घनश्याम न्यौपाने र भारत बिहारका ब्रिज मोहन राय छन् ।

भारतीय नागरिक राय र न्यौपानेलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । जैसीलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । बाँकी दुई जनालाई प्रहरी वृत्त जनसेवाको हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *