काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएको भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा बसेका छन्।
शुक्रबार पदाधिकारीका लागि भएको निवार्चनमा मतदान गर्न नपाएको भन्दै उनीहरू धर्नामा बसेका हुन्।
उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो। आयोगका अनुसार पदाधिकारीको मतदानमा १२र१३ सयको हाराहारीमा मत खसेको छ।
