रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पसका पाँच द्यार्थी संगठनले स्ववियु कार्यसमिति खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

उम्मेदवारहरू तथा मतदाताहरूसँग कुनै छलफल नगरी निर्वाचन समितिले स्ववियु कार्यसमिति घोषणा गरेको भन्दै खारेजीको माग गरेका हुन् ।

उक्त कार्यसमिति खारेज गरी विद्यार्थीको मताधिकार सुनिश्चित गरि स्ववियु निर्वाचन गराउन आदेश दिन माग गरिएको छ ।

दुई पटकको प्रयासपछि समेत आरआरमा स्ववियु चुनाव हुन नसकेपछि निर्वाचन समितिले अनेरास्ववियुका अध्यक्षका उम्मेदवार लोकेस खड्को अध्यक्षतामा स्ववियु घोषणा गरेको थियो ।

विद्यार्थी संगठनहरूसँगको छलफलपछि स्ववियु कार्यसमिती घोषणा गरिएको निर्वाचन समितिले जनाएको थियो । तर, नेविसंघबाट अध्यक्षको उम्मेदवार बनेका विनोदराज जोशी लगायतले आफुसँग कुनै छलफल नै नगरी स्ववियु कार्यसमिति घोषणा गरिएको बताएका छन् ।

उनीसहित स्वतन्त्र उम्मेदवार हर्क बोहरा, अखिल क्रान्तिकारी बहुमतबाट अध्यक्षका उम्मेदवार बनेका विवेक मयाल, अखिल समाजवादीबाट सचिव पदका उम्मेदवार बनेका जगदीश गिरी, नेविसंघबाट कोषाध्यक्षका उम्मेदवार बनेका शारदा पौडेल अखिल क्रान्तिकारीबाट सदस्यका उम्मेदवार बनेका पासाङ लामाले रिट दायर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *