यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरेको छ । विभागले सूचना निकालेर प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द गरिएको जानकारी गराएको हो ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *