काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ वटा उपसमिति गठन गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा प्रतिष्ठानका अध्यक्ष तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले ५ वटा विषयगत उपसमिति तय गरी संयोजक चयन गरेको हो ।
यस्तो छ उपसमिति
१० डायस्पोरा डाइलग, उपसमिति, संयोजक — डा. यादव पण्डित
(नागरिकता, लगानी र मतदानको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचना बाहिरको वृहत् विश्व समाजसँग नीति संवाद र समन्वय)
२० स्वास्थ्य विमा र सेवामा पहुँच नीतिगत संवाद उपसमिति, संयोजक— डा. अन्जनीकुमार झा
३० घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति, संयोजक— स्वीकृती पौडेल
४० सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमिति, संयोजक— श्रीप्रसाद भलामी
५० खेलकुद नीति संवाद उपसमिति, संयोजक— विनोद दास
