थाइल्याण्डसँगको खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपाल र थाइल्याण्डबीच बैंककमा दुई वटा खेल हुनेछ । पहिलो खेल मे ३० तारिखमा बन्द रङ्गशालामा हुनेछ । अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जुन २ तारिखमा हुनेछ ।

नेपालले एएफसी महिला एशियन कप छनोटको तयारीका लागि खेल्न लागेको हो । छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । नेपाल रहेको समूहमा लाओस, श्रीलङ्का र उज्बेकिस्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *