पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।

आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

लामो समयदेखि बिरामी डंगोलको उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *