कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको त्रिवेणी ताल पदमार्गमा काम गर्न गएका २ जना मजदूरको चट्याङ लागेर ज्यान गएको छ ।

ज्यान गुमाउनेहरूमा सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेका पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङले जानकारी दिनुभयो । उनीहरूलाई दिउँसो चट्याङ लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे जानकारी प्राप्त भएर टोली पठाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *