काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस भइरहेको छ ।
विशेष अदालतमा अहिले सरकारी वकिल र पौडेल पक्षका वकिलहरूले बहस गरिरहेका हुन् । पौडेलमाथि थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले २० दिनको म्याद थप गर्न माग गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेल सोमबार बेलुका सुर्खेतबाट पक्राउ परेका थिए। त्यसपछि रातारात काठमाण्डौ ल्याइएका उनलाई मंगलबार सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको थियो । त्यसपछि विभागले पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको हो ।
