काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्वासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो ।

आयोगको अनुगमनअनुसार वैकल्पिक व्यवस्था नमिलाई, पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुम्वासीलाई हटाइएको पाइएको छ । यस्तो कार्यले आवाससम्बन्धी ऐन, संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरूको उल्लङ्घन भएको आयोगले जनाएको छ ।

यसअघि पनि आयोगले पटक–पटक सिफारिश र पत्राचार गरे पनि सम्बोधन नभएको बताउँदै सरकारलाई सुकुम्वासीको मानव अधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *