मोरङको हरैँचाबजार छेउमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । मृतकका आफन्तले टिपरमा आगजनी गर्न पटक–पटक प्रयास गरेपछि तनावको सिर्जना भएको हो ।
टिपरमा ढुङ्गा मुढा गर्दै आगजनीको प्रयास गरेपछि रोक्ने क्रममा ढुङ्गाले लागेर जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशी घाइते भएका छन् । उनको विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ मा हरैँचाबजार छेउमा टिपरको ठक्करबाट दुहवी नगरपालिका–९ का ४० वर्षका मोहमद हसिम मियाको मृत्यु भएको थियो ।