नेपाल हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा पुगेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा शनिबार ९ अप्रिल १२० घरेलु सिटम हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।
टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।वर्षा नरोकिएपछि दुवै टिमले समान एक एक अंक पाए ।