ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो गाडीका चार यात्रुको जलेर मृत्यु भएको थियो ।

सडकमा हिँडिरहेको जिपले भुइँमा लत्रिएको अवस्थाको करेन्ट प्रवाह भइरहेको तारमा छोएपछि करेन्टसँगै जिपमा आगो लागेको थियो । त्यसक्रममा जलेर पाथीभरा मन्दिर दर्शन गर्न हिँडिरहेका चारजनाको घटनास्थलमै ज्यान गएको थियो ।

गम्भीर लापरबाहीको कारण चारजनाको ज्यान गएपछि पनि घटनाको छानविन गर्न सरकारले उदासिनता देखाएको भन्दै आलोचना भइरहेका वेला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले चार सदस्यीय छानविन समिति गठन गरेका छन् ।

ऊर्जा मन्त्रालयले नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहने मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *