काठमाण्डौ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन २ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको समितिका सदस्य सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए ।

‘कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ सहमहामन्त्री चौधरीले रातोपाटीसँग भने ।

यसअघि नयाँ सदस्यता असार २० सम्म तोकेको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कांग्रेसको १५औं महाधिवेशन आगामी असोजमा १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *