काठमाण्डौ । नेपालले एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ ।

आइतबार भएको दोश्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो ।

मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । यस्तै आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो ।

अब मलेसिया र ओमानले सोमबार तेश्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङबीचको फाइनल खेल पनि सोमबार नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *