आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् ।

शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पनि थापा र शर्मालाई नै शिक्षकहरूसँग समन्वय गरेर विद्यालय फर्काउने जिम्मेवारी दिएका थिए । यसअघि पनि उनीहरूले एक चरणमा शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए ।

शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । पटकपटक सरकारसँग वार्ता भए पनि सफल हुन सकेको छैन ।

विशेषगरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा जुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *