पछिल्लो समय देशभरिका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अनियमित तथा अग्रिम जानकारीविना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्‍याएको महासंघको दाबी छ ।

७ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा पटक–पटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

पछिल्लो समय देशभरिका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अनियमित तथा अग्रिम जानकारीविना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्‍याएको महासंघको दाबी छ ।

लोडसेडिङका कारण उद्योग ठूलो समस्यामा परेको समेत उल्लेख गरिएको छ । ‘नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्‍याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ,’ महासंघले भनेको छ ।

बारम्बार दोहोरिने विद्युत् आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्‍याइ मर्मत, सम्भार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेको समेत महासंघको भनाइ छ । यस्ता व्यवधानले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *