काठमाण्डौ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति जयन्तीदेवी राईले समितिको तर्फबाट सरकारलाई यस्तो निर्देशन दिएकी हुन् ।

उनले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत र कार्यान्वयनात्मक कदम तत्काल अघि बढाउन समेत सरकारलाई निर्देशन दिइन् ।

देशभर गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन तथा कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न निर्देशन समितिले सरकारलाई निर्देशन दिएको सभापति राईले बताइन् ।

उनले दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न, सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको नियमित अनुगमन तथा क्षेत्रगत दायरा विस्तार गर्न, प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिइन् ।

उनले भनिन्, ‘बजारमा खाना पकाउने ग्यासको तत्काल सुनिश्चितता गर्ने, देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको सहज व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालोबजारी नियन्त्रण गर्ने, दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको अस्वभाविक मूल्य वृद्धिमा नियन्त्रण गर्ने, सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलहरूको नियमित अनुगमन र क्षेत्रगत दायरा विस्तार गर्ने, प्रत्येक पसलमा मूल्यसूची अनिवार्य रूपमा राख्ने व्यवस्था गर्ने र तहगत सरकार, अन्तरमन्त्रालयबीच समन्वय र सहकार्य गर्दै नियमित रूपमा बजार अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने, र उपभोक्ताको हितमा उजुरी सुनुवाई गर्ने, उपभोक्त अदालतलाई प्रभावकारी बनाउने निर्देशन दिने निर्णय गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *