खोलामा माछा मार्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–२ दाँइछाप बुटिलगाँउका ४५ वर्षीय ज्ञानबहादुर राकसको ज्यान गएको छ ।
राकसको शव मंगलबार बिहान रेग्दी छहरामा रहेको बडिगाढ खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
सोमबार बेलुका घरबाट माछा मार्न भनी खोलामा निस्किएका राकसको राति अबेरसम्म घरमा नफर्केपछि परिवारले खोजी थालेको थियो ।सोमबार बेलुका त्यस क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको स्थानियले जानकारी दिए ।