काठमाण्डौ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला बोलाउने भएको छ । ७ प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरे पनि कहिले बोलाउने भन्ने तय भइसकेको छैन ।

नेता डा. प्रकाशशरण महतले समूहको १५ औँ महाधिवेशन सम्पर्क कार्यालयको २२ गते औपचारिक उद्घाटन गर्ने र त्यही बैठक बसेर राष्ट्रिय भेलाको मिति तय गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *