नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरूको समस्या समाधान गर्ने बताएका छन् ।

बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग उनले शिक्षकहरूको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषयमा बोल्ने बताए ।

‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन । अब बोल्ने भन्दापनि काम गर्ने ठाउँमा आएको छु,’ उनले भने, ‘म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ । अहिले भन्ने त्यत्ति नै हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *