राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ सकिएको हो । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति लामिछानेको निवेदनको सुनुवाइ अब संयुक्त इजलासमा हुने भएको छ ।

न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो। गत आइतबार निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

सोमबार उक्त रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेकोमा फुयालले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *