डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इन्धन बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन् ।

यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै विश्वकै सबैभन्दा गहिरो र विशाल कंगो नदीको संगमस्थलमा भएको हो । स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ। उनले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन् ।

डुंगामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ।सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुंगाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुंगा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ ।

घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताए। प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *