काठमाण्डौ । सरकारसँग ७ बुँदे सहमति भएपछि सुनसरी घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव उठाउन परिवार सहमत भएका छन् ।

पीडित परिवार शव उठाउन सहमत भएपछि अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने र पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

सुनसरीको देवानगञ्जमा गएको आइतवार राति भएको घटनामा ओमप्रकाश र जयप्रकाशको ज्यान गएको थियो ।

यसैबीच सुनसरीका १० वटा पालिकामा कर्फ्यु आदेश कायमै रहेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गएको मङ्गलवार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश यथावत् रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *