काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–टु त्रिदेशीय शृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेको हो ।
लिग–टु क्रिकेट शृङ्खला यही जुलाई २१ देखि ३१ सम्म हुने छ । यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन् ।
८ वटा देश सहभागी लिग–टु तालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । यस्तै नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छ ।
यो शृङ्खलाअघि नेपालले जर्सीमा गएर २ वटा एकदिवसीय अभ्यास खेल पनि खेल्नेछ । क्यानका अनुसार नेपालले जर्सीमा तयारी क्याम्पसँगै जुलाई १३ मा पहिलो खेल र जुलाई १५ मा दोस्रो खेल खेल्नेछ ।
