काठमाण्डौ । भोलि (बिहीवार) बस्ने भनिएको प्रतिनिधिसभा बैठक पर्सि (शुक्रवार)का लागि सरेको छ । सङ्घीय संसद् सचिवालयले बुधबार सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो ।

यसअघि बिहीवार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो । तर बुधबार सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले असार १२ गते अर्थात् पर्सि शुक्रवार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन धकेलिएका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो । प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *