काठमाण्डौ। एशियाली खेलकुदको पुरुषतर्फको छनोटमा नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ ।

सिंगापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई १ सय ५४ रनले पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

नेपाल र मलेसिया समूह ‘ए’ बाट तथा हङकङ र ओमान समूह ‘बी’ बाट विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले ओमान र मलेसियाले हङकङसँग सेमिफाइनलमा खेल्नेछ । दुवै सेमिफाइनलका खेल पर्सि आइतवार हुनेछन् ।

नेपालले समूह ‘ए’ को विजेता बन्नेक्रममा आफ्नो पहिलो खेलमा चीनलाई २ सय २१ रनले र दोस्रो खेलमा हिजो मलेसियालाई १ सय ६७ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *