काठमाण्डौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई विगत हेरेर अघि बढ्न सुझाव दिएकी छन्।
सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन् गरेर देश चलाउँदा राम्रो हुने उनको भनाइ छ ।
निर्वाचन आयोगले शुक्रबार काठमाण्डौमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उनले गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी हुन ।
चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्वप्रधानमन्त्री कार्कीले आग्रह गरेकी छन्।
कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरोकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गरीन् ।
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले नवयुवा आन्दोलनको भावनाअनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड दिइन् ।