काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको चार वर्ष भन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गरेका छन् । जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुलापत्र लेखेका छन् ।

पुटिनलाई लेखिएको खुलापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर ‘पर्खेर मात्रै बस्नु गलत’ हुने उल्लेख छ ।

युक्रेन र रुसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उनको तर्क रहेको बीबीसीले जनाएको छ । प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताएका थिए । रुसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *