काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार (भोलि) देखि ३ दिन भारत भ्रमणमा रहने भएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणमा खनाल नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा खनालले भारतीय विदेशमन्त्री जयशङ्कसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । वार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, ऊर्जालगायतका विषयमा छलफल हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भ्रमणलगत्तै खनालको भ्रमण हुन लागेको हो । मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल आउँदो आइतवार जेठ २४ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *