प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो ।

यसअघि सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरू नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९रास्वपा०, नेकपा ९एकीकृत समाजवादी० लगायतले संसद्‍मा अवरोध गर्दै आएका छन् ।

यद्यपि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्न पाउनुपर्ने बताउँदै आएका छन् ।

यसअघि सोमबार नै प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको प्रतिपक्षी दलहरूको बैठकले श्रम ऐन २०६४ आएदेखि अहिलेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *