विश्वकप र एसियन कप छनोट जस्ता विभिन्न खेलहरू हुँदै आएपनि पछिल्लो तीन दशक नेपाल र सिंगापुरबीच भेट भएको थिएन ।
७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ । यसलाई लिएर अष्ट्रेलियन प्रशिक्षक रोस देखि नेपाली टिम, खेलाडी सबै जना उत्साहित छन् । पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपाली टोली नयाँ जोशका साथ अष्ट्रेलिया पुगिसकेको छ र नयाँ प्रशिक्षकको नेतृत्वमा सकरात्मक सुरुवात गर्ने योजनामा छ ।
नेपाल र सिंगापुरबीचको खेल शुक्रबार साँझ नेपाली समयअनुसार ६:१५ बजे सुरु हुनेछ । खेल सिंगापुर नेसनल स्टेडियममा हुनेछ । सिंगापुरमा वर्षा भइरहेकोले नेपाली टोलीले बुधबार हल्का अभ्यास मात्र गरेको थियो ।

नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिंगापुर प्रस्थान गर्नुअघि शुक्रबारको रातको पर्खाईमा रहेको बताएका थिए । किनभने उनी पहिलो पटक कुनै पनि राष्ट्रिय फुटबलको टिमको मुख्य प्रशिक्षकको रुपमा डेब्यु गर्दैछन् । त्यसैलै उनले शुक्रबारको खेललाई प्रतिक्षा गरिरहेका छन् ।